सभामुखको निर्वाचन माघ १२ गते गर्ने सहमति

माघ ६, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — रिक्त प्रतिनिधिसभाको सभामुख चयन गर्ने निर्वाचन माघ १२ गते हुने भएको छ । कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुखको निर्वाचन १२ गते गर्ने दलहरुबीच सहमति भएको हो । 

 समिति सदस्य कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले १२ गते सभामुखको निर्वाच्न गर्ने सहमति भएको बताए । ‘सभामुखको निर्वाचन माघ १२ गते गर्ने सहमति भएको छ,’ खाणले भने । 

सचिवालयकी कर्मचारीमाथि यौन दुव्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले गत असोज १४ गते राजीनामा दिएपछि सभामुख पद रिक्त छ । 

कान्तिपुर

Link copied successfully