नेकपा अध्यक्षद्वयबीच बिहानैदेखि बालुवाटारमा छलफल

माघ ५, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहालबीच आइतबार बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ । 

उपसभामुखको राजीनामा र नयाँ सभामुख चयनबारे सहमति गर्न छलफल भइरहेको हो । विगत १ महिना यता सभामुख चयनको विषयमा सत्तारुढ दलभित्रै मतभेद भएपछि प्रतिनिधिसभाको बैठक स्थगित भइरहेको छ । उपसभामुख तुम्बाहाङ्फेले पुस २७ गते बस्ने भनिएको बैठक नेकपामा सभामुखलाई लिएर सहमति नभएपछि स्थगन गरी माघ ६ गते सोमबार दिउँसो १ बजेका लागि बोलाएकी छिन् ।


बिहीबार र शुक्रबार लगातार छलफल गरेका अध्यक्षद्वयबीच छिट्टै सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्ने सम्भावना देखिएको छ ।  

कान्तिपुर

Link copied successfully