प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

रासस

काठमाडौँ — लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ आंशिकरूपमा उडान प्रभावित भएको र अन्तर्राष्ट्रिय उडान सामान्य रहेको जानकारी दिए । आन्तरिकतर्फ बिहान केही उडान भए पनि अहिले आंशिकरूपमा मात्रै उडान भइरहेको महाप्रबन्धक केसीको भनाइ छ ।

बिहीबार साँझदेखिको निरन्तर वर्षाले काठमाडौंसहित देशभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खासगरी उच्च हिमाली भेग तथा पहाडी क्षेत्रका उडान बढी प्रभावित भएका छन् । मौसम बदलीसँगै निरन्तरको वर्षाले कम ‘भिजिबिलिटी’ हुँदा आन्तरिक उडानमा समयस्या भएको हो । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातका कारण पनि उडान प्रभावित भएको बताइएको छ ।


अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० तथा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित २८ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

प्रकाशित : माघ ३, २०७६ १२:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सुरु भयो समाजवादी पार्टीको ‘विसु’ अभियान 

बबिता शर्मा

काठमाडौँ — समाजवादी पार्टीको ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)’ सुरु भएको छ । शुक्रबारदेखि सातै प्रदेशबाट एकसाथ अभियान सुरु भएको हो । 

नयाँ शक्ति र संघीय समाजवादी पार्टी एकीकरण भएपछि प्राप्त वैचारिक उर्जालाई संगठनात्मक शक्तिमा रुपान्तरण गर्ने उद्देश्यसहित अभियान सुरु गरिएको महासचिव गंगानारायण श्रेष्ठले जानकारी दिए । गत वैशाखमा पार्टी एकिकरण भएपछि संगठन विस्तारका लागि सुरु गरिएको यो पहिलो अभियान हो ।

अभियानको सुरुवात प्रदेश–१ मा वरिष्ठ नेता अशोक राई, प्रदेश–२ मा अध्यक्ष उपेन्द्र यादव, वागमती प्रदेशमा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, ५–प्रदेशमा उपाध्यक्ष नवराज सुवेदी, कर्णाली प्रदेशमा उपाध्यक्ष युवराज कार्की र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष हेमराज राईले गरेका छन् ।

देशभरका गाउँपालिका तथा नगरपालिकाको वडा र टोल–टोलसम्म संगठन निर्माण र पार्टीको विचार जनताबीचमा लैजाने उद्देश्य अभियानको रहेको पार्टीले जनाएको छ । अभियानको उद्‌घाटनमा अभिमुखीकरणका विषयवस्तु, वर्तमान राजनीतिक परिस्थिति, पार्टीको सैद्धान्तिक अवधारणा, पार्टीको संगठनात्मक सिद्धान्त र कार्यपद्धति तथा अभियानको महत्वलगायत विषयमा जानकारी गराइने महासचिव श्रेष्ठले बताए ।

तीन महिनासम्म चल्ने अभियानमा ७७ वटै जिल्लामा संयोजक र १६५ वटै निर्वाचन क्षेत्रमा अभियन्ता रहने छन् । सम्बन्धित जिल्लाका वरिष्ठ केन्द्रीय सदस्यलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ । अभियान अवधिभर पार्टीका उपाध्यक्षहरुले अनुगमन गर्नेछन् ।

प्रदेश–१ मा रकम चेम्जोङ, प्रदेश–२ मा लालबाबु राउत, वागमती प्रदेशमा हिसिला यमी, गण्डकी प्रदेशमा हेमराज राई, प्रदेश–५ मा नवराज सुवेदी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा युवराज कार्कीलाई अनुगमनको जिम्मेवारी दिइएको छ ।

प्रकाशित : माघ ३, २०७६ १२:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×