१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रकेट प्रहारअघि उद्धार गरिँदा २५ नेपाली जोगिए

काठमाडौँ — पूर्वतयारीका साथ सुरक्षा नअपनाइएको भए इराकको वलादा क्याम्पमा ठूलो क्षति हुने थियो । तर आठवटा रकेट प्रहार हुनुअघि नै क्याम्पबाट बाहिरिँदा २५ नेपालीसहित सात सय विदेशी कामदार जोगिएका छन् । अमेरिकी सेनाको सहयोगका लागि स्थापना गरिएको क्याम्पमा आइतबार आठवटा कट्युसा रकेट प्रहार भएको थियो ।

उक्त क्याम्पमा कार्यरत नेपालीलाई हाल कम्पनीले दुबईमा ल्याएर राखेको छ । ‘रकेट प्रहार हुनुअघि नै हामीलाई सुरक्षित रूपमा निकालिएको थियो,’ वलादामा कार्यरत एक नेपालीले भने, ‘अहिले हामी सुरक्षित छौं ।’


रकेट प्रहारबाट चार इराकी सैनिक गम्भीर घाइते भएको इराकी सेनाले जनाएको छ । अमेरिकी सेना भने सुरक्षित रहेको अमेरिकी दाबी छ । रकेट कसले प्रहार गर्‍यो भन्ने खुलेको छैन । ‘सायद हामी नेपालमै फर्किन्छौं होला । तत्काल बेसक्याम्पतिर फर्किने अवस्था छैन,’ उद्धार गरिएको ती नेपालीले भने । क्याम्पमा नेपालीहरू सेनाका लागि खाना बनाउने, कपाल काट्ने, टेक्निसियन, प्लम्बिङलगायतका काम गर्थे । उनीहरूले मासिक ८ सय डलर तलब पाउँथे । यसअघि इरानले अमेरिकी सेना रहेको प्रमुख सैन्य क्याम्प अल असाद र अर्बिल क्याम्पमा २२ वटा मिसाइल प्रहार गरेको थियो । ती क्याम्पमा रहेका नेपालीले नियमित रूपमा आफ्नो काम गर्दै आएका छन् ।

प्रकाशित : माघ १, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?