सरकारका राम्रा कामको प्रशंसा गर्ने मन-मुटु भएका सम्पादक छैनन् : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामहरूको समाचार नै नबन्ने गरेको गुनासो गरेका छन् । सरकारले गरेका राम्रा कामको समाचार बनाउने मन-मुटु भएका सम्पादक नभएकाले राम्रा कामको प्रशंसामा समाचार नबनेको उनको आरोप थियो ।

सरकारका राम्रा कामको प्रशंसा गर्ने मन-मुटु भएका सम्पादक छैनन् : प्रधानमन्त्री

नेपाल चेम्बर अफ कमर्सका व्यवसायीसँगको भेटघाटका क्रममा मंगलबार प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामका समाचार नै नबन्ने गरेको गुनासो गरेका हुन्

सरकारले सडकलाई मानवमुक्त बनाएको प्रसंग उल्लेख गर्दै ओलीले अहिले सडकमा कुनै पनि मानिस बेबारिसे नभेटिने दाबी गरे पहिलेपहिले बालबालिकाहरू कुकुरसँग लडाइ गरेर खानेकुरा टिपिरहेको देख्ने गरिन्थ्यो । अहिले यो सरकार आएपछि काठमाडौंका सडकमा बालबालिका छैनन्,' उनले भने, 'उनीहरूलाई राख्ने, बस्ने, पढाउने प्रबन्ध मिलाइएको छ । मान्छेहरू सडकमा लडिरहेका हुन्थे, झिंगा भन्किराख्या हुन्थ्यो, कुकुरसँग सुतिराख्या हुन्थ्यो, कुकुरले घाउ चाटिराख्या हुन्थ्यो तर आज त्यस्ता व्यक्तिहरू सडकमा छैनन् '

सडक मानवको व्यवस्थापन गरेको ओलीको दाबी थियो । उनले थपे, 'नेपाल भिखारीको देश होइन भन्दै आएका छौँ । कोही बेघर हुनुपर्दैन । ठग बेघरलाई घर पठाइ दिने र साँच्चिकैको बेघरको प्रबन्ध सरकारले गर्दै आएको छ सामान्य लाग्ने यी कामको सामाजिक अर्थ ठूलो भएको उनको भनाइ थियो

त्यसपछि ओलीले मिडियाप्रति असन्तुष्टि पोख्न थाले 'हामीले काम गरेका छौँ । त्यस्ता कामहरूको प्रशंसामा लेख्ने, प्रशारण गर्ने टेलिभिजन छैनन् । त्यस्ता काम छाप्ने पत्रपत्रिका छैनन् । त्यस्ता काम प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन् । यदि छ्यास्सछुस्स कसैले लेखिहाल्यो भने पनि गाली खान्छ 'राम्रा कुरा पनि गर्न थालिस बिग्रिन्छस्' भन्छन् 'सकारात्मक कुरा पनि गर्न थालिस्' भन्ने आउँछन्,’ उनले भने

ओलीले आफूले जहाजको कुरा गर्दा, रेलको कुरा गर्दा ठट्टाका रूपमा लिने गरिएको भए पनि अहिले काम भइरहेको बताए मैले जहाजका कुरा गरें, पूर्वपश्चिम रेलका कुरा गरें, उत्तर दक्षिण रेलका कुरा गरें । अहिले त्यसको कामहरू लगभग सकिएर निर्माण भइरहेको छ,' उनले भने

ओलीले थपे, 'पहिले हामीलाई रोडको समस्या थियो । अहिले कोलकत्ता मात्रै होइन विसखापट्टनम, मुम्बइ, पूर्वपश्चिम सबै ठाउँबाट रोड छ । चीनसँग पनि हामीले विभिन्न सम्झौता गरेका छौँ । धेरै नाकाहरू खुलिसकेका छन्

हाम्रो समाज छाउपडी र छाउगोठवाला समाज हो । हामी कहाँ छौँ भन्दा छाउपडीवालाहरूको दुनियाँमा छौँ । तर त्यस किसिमबाट बाहिर आउनुपर्छ । सामाजिक जागरणमा अगाडि बढ्नुपर्छ,' उनले भने । चेम्बरका व्यवसायीहरूलाई लगानीमैत्री वातावरण निर्माणका लागि ऐन कानुनहरूमा संशोधन गर्नुपर्ने भए संशोधन गर्न तयार रहेको उनले बताए

प्रकाशित : पुस २९, २०७६ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?