अवैध उत्खनन्‌को विरोध गर्ने युवकको टिपरले किचेर हत्या, स्थानीयले गरे राजमार्ग अवरुद्ध

सन्तोष सिंह

धनुषा — धनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान एक युवकको हत्या भएको छ । औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्दै आएका २४ वर्षीय दिलीपकुमार महतोलाई नदीमै टिपरले किचेर हत्या गरेको हो । 

मिथिला नगरपालिका–५ श्रीपुरमा रहेको घरनजिकैको नदीमा भइरहेको अवैध उत्खनन्‌को विरोध गर्दा महतोलाई टिपरले किचेर हत्या गरेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए । उनका अनुसार महतोलाई जबर्जस्ती समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेका थिए ।

साथीसँग मर्निङवाक गएका बेला महतोको हत्या भएको स्थानीयले आरोप लगाएका छन् । टिपर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । युवकको हत्या विरोधमा स्थानीयले टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।


महतोको शव पोस्टमार्टम का लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरी निरीक्षक यादवले बताए ।

घटनाबारे जानकारी दिँदै प्रहरी निरीक्षक यादव । [भिडियो]

प्रकाशित : पुस २५, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्

ताप्लेजुङमा गाडी दुर्घटना, १ को मृत्यु, चालक घाइते

आनन्द गौतम

ताप्लेजुङ — सदरमुकाम फुङलिङबाट मिक्‍वाखोला गाउँपालिका २ खोक्लिङ डाँडागाउँ जाँदै गरेको पिकअप गाडी बिहीबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चालक पदम थापा सख्त घाइते भएका छन् ।

मिक्‍वाखोला गाउँपालिका २ का वडाध्यक्ष सुरेश थापाका अनुसार खोक्लिङकै ३५ वर्षीय पवित्रा थापाको घटनास्थलमै मृत्यु भएको हो । चालक थापालाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि झापा लगिएको छ । उनको करङभाँचिएको, घाँटीको हड्डीमा समस्या देखिएको र फोक्सोमा समेत असर परेको ताप्लेजुङका चिकित्सकको प्रारम्भिक अनुमान छ ।

७ जना यात्रु रहेको गाडीमा अरु सामान्य घाइते भएका थिए । उनीहरु स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएका छन् । मे १ ज ६६०६ नम्बरको ट्याक्सी थापागाउँस्थित सडक घुम्तीबाट मोडिने क्रममा पल्टिएको स्थानीयले बताएका छन् ।

प्रकाशित : पुस २५, २०७६ ०८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×