कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मानव अधिकार उल्लंघन हुन नदिन सरकार सक्रिय : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी केपीले मानवअधिकार उल्लंघनका दोषीलाई कारबाही गर्न र पीडितलाई न्याय दिलाउन सरकार सक्रिय रहेको बताएका छन् । 

७१औं विश्व मानव अधिकार दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मानव अधिकार उल्लंघन हुन नदिन, उल्लंघन गर्ने दोषीलाई कानुनको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

मानव अधिकार उल्लंघन हुन नदिन सरकार सक्रिय : प्रधानमन्त्री

उनले मानव अधिकार प्रतिबद्धताको विषयमात्र नभइ आस्था र निष्ठाको विषय भएको स्पष्ट पारे ।


मानव अधिकार र संक्रमणकालीन न्यायप्रति नेपाल सरकारको प्रतिबद्धताअनुरुप द्वन्द्वकालीन घटना सम्बोधन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगलाई प्रभावकारी बनाउन कानुनी तथा संरचनात्मक व्यवस्थामा आवश्यक संशोधन गरी पीडितलाई न्यायको अनुभूति गराउने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । मानव अधिकार संरक्षण तथा प्रवर्द्धनको प्राथमिक जिम्मेवारी सरकारको भएको उल्लेख गर्दै उनले समाजका सबै क्षेत्र, पेसा, व्यवसाय र वर्गहरुको योगदान आवश्यक रहेको बताए ।


उनले सरकारले मानव अधिकारको प्रवर्द्धनका लागि आधारभूत वातावरण निर्माण गर्न सम्बद्ध सबै क्षेत्रसँग अझ बढी सहकार्य र सहयोगको अपेक्षा गरेको सन्देशमा उल्लेख गरेका छन् ।


१० डिसेम्बर १९४८ का दिन संयुक्त राष्ट्र संघको महासभाले मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र जारी गरेको दिनको सम्झनामा प्रत्येक वर्ष विश्व मानव अधिकार दिवस मनाइन्छ ।

प्रकाशित : मंसिर २४, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?