२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

दुई वर्षे करारपत्र मात्रै प्रमाणीकरणः नेपाली दूतावास

काठमाडौँ — कतारस्थित नेपाली दूतावासले दुई वर्षको समयभन्दा बढी उल्लेख भएको करारपत्र प्रमाणीकरण नगर्ने जनाएको छ ।

दुई वर्षे करारपत्र मात्रै प्रमाणीकरणः नेपाली दूतावास

कतारले भिसा प्रक्रियाको लागि काठमाडौंमा खोलेको कतार भिसा सेन्टर (क्यूभीसी)बाट जारी भएको करार अवधिमा दुई वर्षभन्दा बढीको समय उल्लेख भएकोले नेपाली दूतावासले रोजगरदाताको ध्यानाकर्षण गराएको हो ।


नेपाल र कतारबीच भएको श्रम सम्झौतामा नेपाली कामदार दुई वर्षको लागि मात्रै आपूर्ति गर्ने उल्लेख छ । त्यसपछि रोजगारदाता र कामदारबीच आपसी सहमतिमा करार अवधि प्रत्येक वर्ष बढाउन सकिनेछ ।


दूतावासले कतार भिसा सेन्टरमा दुई वर्षे करारपत्रको अवधि तोकेर मात्रै पेश गर्न रोजगारदाता कम्पनीलाई अनुरोध गरेको हो । सेन्टरमा औँला छाप, फिंगरिङ र करारपत्रमा हस्ताक्षर भएपछि मात्रै भिसा जारी हुन्छ ।


व्यक्तिगत पहुँचको आधारमा जाने व्यक्तिले क्यूबीसीले दिएको रोजगार करारनामा दिएपछि मात्रै नेपाली दूतावासले प्रमाणीकरण गर्ने व्यवस्था छ । त्यसपछि मात्रै वैदेशिक रोजगार विभागले कतार जानको लागि श्रम स्वीकृति गर्ने गरेको छ ।

प्रकाशित : मंसिर १९, २०७६ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?