ढिस्कोले पुरिएका एकै गाउँका ५ कामदारको शव निकालियो [अपडेट]

मंसिर १५, २०७६

लालप्रसाद शर्मा

पोखरा — सडक खन्ने क्रममा पुरिएका ५ कामदारको शव आइतबार निकालिएको छ । पोखरा महानगरपालिका–२० मौजास्थित बिसौना भन्ने स्थानमा सडक स्तरोन्नति गर्ने क्रममा शनिबार बिहान माथिबाट सुख्खा पहिरो आएर उनीहरु पुरिएका थिए । 

मृतक र बेपत्ता सबै सल्यान बागचौर नगरपालिका–४ पेदीखोलाका स्थायी बासिन्दा रहेका वडाध्यक्ष सीम गुरुङले बताएका छन् । मृत्यु हुनेमा तोभान बस्नेत, खिमलाल ओली, गणेश ओली, जीतबहादुर बस्नेत र जोगेन्द्र बुढाथोकी छन् ।


मनिपाल–र्‍यालेचौर–मौजा–बिसौना–सिकलेस– मनाङ सडक खण्डअन्तर्गत रिटेनिङ वाल बनाउने क्रममा माथिबाट सुख्खा पहिरो गएर उनीहरु पुरिएका थिए । सँगै काम गरेका खिमलाल भने भागेर बच्न सफल भएका छन् । उनले माथिबाट ढिस्को खसेको देखेपछि अरुलाई पनि भाग्न भन्दै आफू भागेका थिए । 


सडक पोखरा महानगरपालिकाको ८ करोड २५ लाख रुपैयाँको लागतमा स्तरोन्नति भइरहेको थियो । 

लालप्रसाद

Link copied successfully