कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

क्षतिपूर्ति बैंकमा पठाएपछि मात्र उजुरी फरफारक

काठमाडौँ — वैदेशिक रोजगार विभागले पीडित कामदारको बैंक खातामा क्षतिपूर्ति दिएको प्रमाण विभागमा पेस गरेपछि मात्रै उजुरी फरफारक गर्न थालेको छ ।

वैदेशिक रोजगार व्यवसायीले विभागमा मिलापत्र गरे पनि पीडितलाई क्षतिपूर्ति नदिने प्रवृत्ति बढेपछि विभागले बैंक खातामै रकम जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो ।


‘विभागमा आई मिलापत्र गर्छन् । तर गइसकेपछि क्षतिपूर्ति नदिने गरेको भेटियो । त्यसैले व्यवसायीले पीडितको बैंक खातामै पैसा राखिदिनुपर्ने व्यवस्था गरेका हौं,’ विभागका महानिर्देशक भीष्मकुमार भुसालले भने ।


विभागको कार्यसम्पादनबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भुसालले संस्थागत उजुरीको फर्छ्योट निकै बढेको बताए । ‘१० वर्षदेखि बाँकी १५ सय उजुरीमध्ये ३ सय मात्र फर्छ्योट गर्न बाँकी छन्,’ उनले भने ।

प्रकाशित : मंसिर ७, २०७६ ०८:०६
x
×