२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बहराइनले नेपाली श्रमिकको कोटा बढाउँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — बहराइनले नेपाली श्रमिकको कोटा थप बढाउने भएको छ । नेपालका लागि गैरआवासीय बहराइनका राजदूत अब्दुलरहमान मोहम्मद अहम्मद अल गाओदले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई भेटी बहराइन सरकारले नेपालीको संख्या बढाउन लागेको जानकारी दिएका हुन् । बहराइनमा झन्डै २५ हजार नेपाली कार्यरत छन् ।

बहराइनले नेपाली श्रमिकको कोटा बढाउँदै

‘नेपाली अनुशासित र कामप्रति प्रतिबद्ध भएकाले बहराइनमा नेपाली श्रमिकको माग बढेको हुँदा बहराइन सरकारले नेपाली श्रमिकको संख्या बढाउन चाहेको छ,’ राजदूत गाओदले भने ।


मन्त्री विष्टले नेपाल र बहराइनबीच भएको श्रम समझदारीलाई समयानुकुल बनाउनुपर्ने बताए ।


‘बहराइनमा रोजगारीका लागि जाने नेपाली श्रमिकको संख्या वृद्धि गर्ने विषयमा नेपाल सरकार सकारात्मक छ,’ भेटमा उनले भने,‘पुराना श्रम समझदारीलाई प्रतिस्थापन गरी नया श्रम समझदारी गर्नु जरुरी छ ।’


राजदूत गाओदले श्रम समझदारी परिमार्जन गर्न बहराइन सरकार तयार रहेको बताउँदै नेपाली श्रमिकको हकहित र कल्याणका लागि वहराइन सरकार प्रतिबद्ध रहेको बताए ।

प्रकाशित : कार्तिक २६, २०७६ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?