कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

सामाजिक सुरक्षा कोषमा दर्ता समय १ महिना थप

कार्तिक १५, २०७६
सामाजिक सुरक्षा कोषमा दर्ता समय १ महिना थप

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्पूर्ण रोजगारदाता कम्पनी र योगदानकर्तालाई सामाजिक सुरक्षा कोषमा सूचीकरण (दर्ता) हुन थप एक महिनाको समय तोकेको छ । मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरी एक महिनाभित्र कोषमा सूचीकरण नभए कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

‘यो सूचना प्रकाशित भएको मितिबाट एक महिनाभित्र सम्पूर्ण रोजगारदाता र योगदानकर्तालाई अनिवार्य रूपमा कोषमा आबद्ध हुन जानकारी गराइन्छ,’ सूचनामा छ, ‘अन्यथा कानुनबमोजिम कारबाही हुनेछ ।’


सरकारले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै औद्योगिक प्रतिष्ठान र रोजगारदाता कम्पनीलाई कोषमा सूचीकरण हुन समयसीमा तोकेको थियो । अपेक्षाकृत रूपमा औद्योगिक प्रतिष्ठान र रोजगारदाता कम्पनीहरू कोषमा सूचीकरण हुन नआएपछि मन्त्रालयले थप एक महिना समय दिएको जानकारी मन्त्रालयका अधिकारीले दिए । कोषमा हालसम्म ८ हजार ८ सय १८ वटा रोजगारदाता कम्पनी सूचीकृत भएका छन् । कोषमा योगदान गर्नेको संख्या १ लाख ९ सय ६८ जना पुगेको छ ।


सरकारले सम्पूर्ण श्रमिकलाई उपचार खर्च, अशक्त भत्ता र ६० वर्ष पुगेपछि पेन्सनलगायत सुविधा दिने उद्देश्यले गत साउन १ देखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

प्रकाशित : कार्तिक १५, २०७६ ०८:०७
x
×