कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कतारद्वारा न्यूनतम तलब निर्धारण गर्ने कानुन पारित

होम कार्की

काठमाडौँ — कतारले सबै देशका कामदारलाई समानरुपमा लागू हुने गरी न्यूनतम तलब तोक्ने कानुन बुधबार पारित गरेको छ । आँउदो जनवरीदेखि यसलाई कार्यान्वयन गर्ने तयारी गरेको छ ।

कतारद्वारा न्यूनतम तलब निर्धारण गर्ने कानुन पारित

बुधबार बसेको कतारको मन्त्रिपरिषद बैठकले विदेशी कामदारको न्यूनतम तलब निर्धारण गर्न बनेको मस्यौदालाई पारित गरेको हो । पारित मस्यौदालाई सुरा काउन्सिलमा पेश गरेको छ । कानुन बनाउने प्रक्रियामा सुरा काउन्सिलले सल्लाह मात्रै दिने हो ।


प्रशासनिक विकास, श्रम र सामाजिक मामिलामन्त्री युसुफ मोहम्मद अल ओथमान फक्ह्रोले मन्त्रिपरिषदको निर्णयलाई तुरुन्तै कार्यान्वयनमा ल्याइने बताए । खाडीमा कामदारको न्यूनतम तलब तोक्ने कानुन बनाउने पहिलो देश कतार बनेको छ ।


नेपाली कामदारको बाहुल्यता रहेको खाडीका ६ वटा देशले नै न्यूनतम तलब तोकेका छैनन् । न्यूनतम तलब नतोक्दा नेपाली कामदारले कम्पनीसँग सम्झौता गरे अनुसारको तलब पाउने गरेको छैनन् । नेपालले कतार जाने अदक्ष कामदारको तलब ९ सय रियाल निर्धारण गरेपनि रोजगारदातालाई कतारले ७ सय ५० रियाल दिन मात्रै बाध्य बनाएको छ ।


न्यूनतम तलब निर्धारण गर्नका लागि प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले संयुक्त अध्ययन पुरा गरिसकेको छ ।


अन्तर्राष्ट्रिय श्रम संगठनले कतारको निर्णय स्वागतयोग्य कदम भनेको छ । ‘कतारको श्रम बजारलाई परिवर्तन गर्ने यो निर्णय स्वागतयोग्य छ । यो कमदले कामदारको अधिकारलाई ग्यारेन्टी गर्न सहयोग मिल्नेछ’, आईएलोद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘खाडीमा कामदारको न्युनतम तलब निर्धारण गर्न कानुन बनाउने देश कतार पहिलो बनेको छ ।’


कतारमा नेपाली कामदार चार लाख कार्यरत छन् ।

प्रकाशित : आश्विन ३०, २०७६ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?