हिमाल सम्मेलन हुँदै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमाल सम्मेलन हुँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — बदलिँदो विश्वमा हिमालहरु विषयमा केन्द्रित भएर चौथो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । 

आगामी शुक्रबार र शनिबार हुने उक्त सम्मेलनमा विभिन्न मुलुकका प्राध्यापक,विज्ञ, वैज्ञानिक, विशेषज्ञ तथा विद्यार्थीहरु गरी २५० जनाको सहभागिता रहने कार्यक्रमका संयोजक एवं जैविक विविधता विज्ञ प्रकाशकुमार पौडेलले जानकारी दिए ।


सम्मेलनमा ३० विदेशी विज्ञका सहित १२० वटा कार्यपत्र प्रस्तुत हुने छन् ।


सम्मेलनमा जलवायु परिवर्तन,पहाडको जलवायु,हिम क्षेत्र,संरक्षण लगायतका विषयहरुमा पनि छलफल हुने उनले जानकारी दिए ।


हिमाली क्षेत्रको विविध पक्षको विषयमा प्राज्ञिक बहसका लागि सम्मेलनले मञ्च समेत उलब्ध गराउने पौडेलले बताए । सम्मेलनबाट हिमाली क्षेत्रका विभिन्न वैज्ञानिक पाटाहरुबारे जानकारी हुने र यसले नीति निर्माणका क्रममा वैज्ञानिक पक्षलाई पनि समेट्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ ।


काठमाडौं व्यावहारिक विज्ञान प्रतिष्ठानको मुख्य आयोजनामा यो सम्मेलन प्रत्येक वर्षको अक्टोबरमा हुँदै आएको छ ।


यस्तै, सम्मेलनका क्रममा संरक्षण विज्ञान समाजको अन्तर्राष्ट्रिय सञ्जालको नेपाल इकाइले पनि जैविक विविधता तथा संरक्षण सम्बन्धि एक विशेष कार्यक्रम गर्दैछ ।


नेपालमा यस प्रकारको वैज्ञानिक बहसहरु धेरै कम हुने गराकाले पनि यस किसिमको सम्मेलन उपयोगी हुने आयोजकले जनाएको छ ।

प्रकाशित : आश्विन २९, २०७६ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्

नुवाकोटको बट्टार बजार तनावग्रस्त, प्रहरीद्वारा २० राउण्ड अश्रु ग्यास प्रहार

कृष्ण थापा

नुवाकोट — विदुर नगरपालिका ४ बट्टारमा बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको घटनाको विषयलाई लिएर बुधबार बट्टार बजार तनावग्रस्त भएको छ ।

तारकेश्वर गाउँपालिका ५ गोर्स्याङका ५ वर्षीय युनिक तामाङलाई बसले किचेर ज्यान गएपछि आक्रोशित भिड प्रदर्शनमा उत्रिएको थियो ।

दोषी चालकलाई कारबाहीको माग गर्दै प्रर्दशन उत्रिएका मृतकका आफन्त र स्थानीयले सडकमा टायर बालेर विरोध गरेका थिए ।

त्रिशुलीबाट काठमाडौं जानका लागेको बा ४ ख ७५०४ केरुङ डिलक्स बसले बालकलाई ठक्कर दिँदा बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेश थापाले बताए । स्थिति नियन्त्रणमा लिन २० सेल अश्रु ग्यास प्रहार गरिएको उनले बताए ।

घटनापछि मृतकका आफन्त र स्थानियले बस चालक विदुर नगरपालिका ७ तुप्चेकका राउडा तामाङलाई कुटपिट गरी सख्त घाइते बनाएका छन् । घाइते चालकलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । बालकलाई ठक्कर दिने बसलाई आक्रोशित भिडले तोडफोड गरेको छ ।

विरोधको क्रममा मृतकका आफन्त र प्रहरीबीच केही समय झडपको स्थिती बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको स्थानीय प्रशासनले जनाएको छ । बट्टार बजार तनावग्रस्त भएपछि बजार क्षेत्र बन्द भएको छ । अहिले मृतकका आफन्त र स्थानीय प्रशासनबीच वार्ता चलिरहेको छ ।

प्रकाशित : आश्विन २९, २०७६ १९:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×