कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

स्वीकृति लिएरमात्र गतिविधि गर्न दूतावासको आग्रह

आश्विन २९, २०७६
स्वीकृति लिएरमात्र गतिविधि गर्न दूतावासको आग्रह

काठमाडौँ — कतारको दोहास्थित नेपाली दूतावासले कतारको स्थानीय कानुन र प्रचलन प्रतिकूल हुने गरी गतिविधि नगर्न नेपाली समुदायलाई आग्रह गरेको छ ।

कतारको स्थानीय प्रशासनले नेपाली समुदायबाट त्यहाँको प्रचलित कानुनविपरितका गतिविधि भइरहेकोतर्फ दूतावासको ध्यानाकर्षण गराउँदै त्यसलाई रोक्न आग्रह गरेको थियो ।


कतारको आग्रहपछि दूतावासले बुधबार सूचना जारी गरी कतारी सरकारका सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिएरमात्र राजनीतिक, सामाजिक र धार्मिक गतिविधि गर्न नेपाली समुदायलाई सजग गराएको हो ।


कतार सरकारको सम्बन्धित निकायबाट पूर्वस्वीकृति नलिई नेपाली समुदायले भेला, बैठक आयोजना गर्ने, चन्दा संकलन गर्ने गरेको पाइएपछि दूतावासले कतारी कानुनको पालना गर्न नेपालीलाई आग्रह गरेको हो ।

प्रकाशित : आश्विन २९, २०७६ १९:०४
x
×