ललिता निवासको जग्गा प्रकरण : थप ५८ जनालाई अख्तियारको सूचना (नामसहित)

भाद्र १८, २०७६

कृष्ण ज्ञवाली

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवासको जग्गा किनबेच गरेका सबैलाई छानबिनको दायारमा ल्याएको छ । त्यसक्रममा ५८ जनाको सूची बुधवार बिहान गोरखापत्रमा प्रकाशित गरेको छ । 

५८ जनामध्ये ५४ जना कुनै न कुनै रुपमा बालुवाटारको जग्गा खरिदविक्रीमा जोडिएका छन् ।

दुई जना गुठी संस्थानका कर्मचारी हुन् भने अरु दुई जनाको विवरण खुलाइएको छैन । कांग्रेस नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छदार बाहेक बालुवाटार प्रकरणमा जोडिएका सबै ‘राजनीतिक’ व्यक्तिको बयान लिएको अख्तियारले अब छुटेका र छिटफुट बाँकी रहेका व्यक्तिहरुलाई सोधपुछका लागि बोलाएको हो ।

२०६७ सालको मन्त्रिपरिषदको निर्णयमाथि के गर्ने भन्नेवारे अख्तियारले टुंग्याइसकेको छैन । 


यो पनि पढ्नुहाेस् ...

ललिता निवास जग्गा प्रकरण : अख्तियारले बयानका लागि बोलायो ८६ जनालाई [नामसहित]

कृष्ण

Link copied successfully