काठमाडौँ — प्रधानमन्त्री केपी ओलीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा संसद्मा विचाराधिन विधेयक, सत्य निरुपण तथा मेलामिलाप आयोग, व्यक्ति वेपत्ता छानबिन आयोगका पदाधिकारी नियुक्त लगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
बैठकमा सत्तारुढ नेकपा, समाजवादी पार्टी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाका नेताहरु सहभागी छन् ।
बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेता छन् ।
कांग्रेसबाट पूर्वप्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, नेताहरु कृष्ण सिटौला, विजय गच्छेदार लगायत छन् । त्यस्तै राजपाबाट महन्थ ठाकुर, राजकिशोर यादव र समाजवादीबाट बाबुराम भट्टराई र उपेन्द्र यादव सहभागी छन् ।
