काठमाडौँ — सशस्त्र द्वन्द्वकालमा नेपाली सेनाबाट विद्रोह गरेर हतियारसहित माओवादीमा लागेका जवानलाई जेल चलान गरिएको छ ।
सैनिक अदालतको फैसलाअनुसार गोरखा आरुघाट गाउँपालिका–७ घर भएका सैनिक जवान विक्रम गुरुङलाई पुर्पक्षका लागि जेल चलान गरिएको जानकारी जंगी अड्डा स्रोतले दिएको छ ।
उनी ०६३ भदौमा हतियारसहित भागेर तत्कालीन माओवादी सेनामा लागेका थिए । गुरुङलाई सेनाले गत जेठमा कलंकीबाट पक्रेको थियो । पक्राउपछि उनलाई सैनिक अदालतमा मुद्दा चलाइएको थियो ।
