कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बालुवाटार जग्गा प्रकरणमा शाेभाकान्तबाट पीडित बनेका खनालकाे घरमा मध्यराति आक्रमण प्रयास 

कृष्ण ज्ञवाली

काठमाडौँ — ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउने प्रमुख योजनाकार मानिएका शोभाकान्त ढकालबाट पीडित एक परिवारको घरमा मध्यरातमा आक्रमणको प्रयास भएको छ । 

बालुवाटार जग्गा प्रकरणमा शाेभाकान्तबाट पीडित बनेका खनालकाे घरमा मध्यराति आक्रमण प्रयास 

डा. चन्द्रकान्त खनालको घरमा मध्यरातमा पुगेको एक समूहले उनको घरको मूलगेट तोडफोडको प्रयास गरेका छन् । उक्त समूहले अगाडिपट्टिको घरमा रहेको सहकारीमा समेत आक्रमण गरी कागजात नष्ट गरेका छन् ।

‘हामी बिहान उठ्दा सहकारी तोडफोड भएको रहेछ, हाम्रो गेट फोड्न पटकपटक प्रयास भएको देखियो’ डा. चन्द्रकान्त खनालले कान्तिपुरसित भने, ‘केही मानिसहरुले अलि दिन पहिलेदेखि यो घरको घरबेटी बस्ने कता हो, कताबाट भित्र जाने हो, फोननम्बर चाहियो भनेर वरपर भेटिएकाहरुलाई सोधेका रहेछन् ।’

काठमाडौंको महाराजगञ्ज चक्रपथसँग जोडिएको सटर र त्यसभित्रको घरमा उक्त समूहले आक्रमण गरेको हो । असुरक्षाका कारण खनालको परिवार केही महिनायता आफन्तकोमा बस्दै आएका छन् । दुईवटा चाँबी, सटर र च्यानल गेट समेत लगाएकाले आक्रमणकारीको प्रयास सफल नभएको खनालले बताए ।

शोभाकान्तबाट पीडित अर्का अधिवक्ता युवराज कोइरालाले आक्रमण घटनामा शोभाकान्त र उनकै समूहको हात रहेको आशंका छन् । ‘बालुवाटारको जग्गा प्रकरण उछालिएका बेला त्यसलाई निस्तेज बनाउन खोजिएको हुनसक्छ’ उनले भने, ‘यसमा राजनीतिक संरक्षण नभई यो ढंगको हर्कत हुनै सक्दैन ।’

डा. खनाल शोभाकान्तका भाञ्जा पर्ने व्यक्ति हुन् । उनकी पत्नी शान्तामाथि शोभाकान्तले फर्जी लेनदेन मुद्दा दर्ता गराएका छन् । त्यहीक्रममा अदालतमा पेश भएको अडियो टेप केही साताअघि सार्वजनिक भएको थियो ।

याे पनि पढ्नुहाेस्..........

बालुवाटार जग्गामा लेनदेन : शोभाकान्त ढकाल र उनकी भान्जीबुहारी शान्ता खनालबीचको लेनदेन विवादको अडियो रेकर्डबाट खुले नयाँ तथ्य

प्रकाशित : श्रावण ४, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?