बलात्कार आरोपमा बैंकका म्यानेजर पक्राउ

असार २२, २०७६

कान्तिपुर संवाददाता

मोरङ — विराटनगरमा एक महिलालाई बलात्कार गरेको आरोपमा धनपालथान गाउँपालिका ४ स्थित नेपाल बंगलादेश बैंक शाखा कार्यालयका प्रबन्धक पक्राउ परेका छन् । जिल्ला प्रहरी मोरङले झापाको बुधबारे घर भएका ४५ वर्षीय अमित बाँस्तोलालाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट शाखा प्रबन्धक बाँस्तोलाले चार लाख रुपैयाँ ऋण उपलब्ध गराइदिने बहानामा करणी गरेको खुलेको छ । 


पीडितको उजुरीपछि बाँस्तोलालाई रंगेली ७ बाट पक्राउ गरी  जिल्ला अदालत मोरङमा जबर्जस्ती करणी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको श्रेष्ठले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully