कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

बलात्कार आरोपमा बैंकका म्यानेजर पक्राउ

मोरङ — विराटनगरमा एक महिलालाई बलात्कार गरेको आरोपमा धनपालथान गाउँपालिका ४ स्थित नेपाल बंगलादेश बैंक शाखा कार्यालयका प्रबन्धक पक्राउ परेका छन् । जिल्ला प्रहरी मोरङले झापाको बुधबारे घर भएका ४५ वर्षीय अमित बाँस्तोलालाई पक्राउ गरेको हो ।

बलात्कार आरोपमा बैंकका म्यानेजर पक्राउ

प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट शाखा प्रबन्धक बाँस्तोलाले चार लाख रुपैयाँ ऋण उपलब्ध गराइदिने बहानामा करणी गरेको खुलेको छ ।


पीडितको उजुरीपछि बाँस्तोलालाई रंगेली ७ बाट पक्राउ गरी जिल्ला अदालत मोरङमा जबर्जस्ती करणी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : असार २२, २०७६ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?