

मोरङ — आफैँलाई गोली हान्न लगाइ धार्मिक तथा साम्प्रदायिक हिंसा फैलाउन खोजेको आरोपमा विशेष प्रहरी अनुसन्धान टोलीले धर्मगुरु आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थलबाट भारतको दिल्ली भाग्न लागेका धर्मगुरु आचार्यलाई टोलीले सोमबार बिहान विमानस्थल क्षेत्रबाट पक्राउ गरेको हो ।


आफैंलाई गोली हान्न लगाई धार्मिक तथा साम्प्रदायिक हिंसा फैलाउन खोजेको आरोपमा प्रहरीले धर्मगुरु आचार्य श्रीनिवासलाई सोमबार पक्राउ गरेको छ । काठमाडौंस्थित त्रिभुवन विमानस्थल भएर भारतको दिल्ली जान लागेका आचार्यलाई विशेष प्रहरी अनुसन्धान टोलीले पक्राउ गरी सोमबारै विराटनगर ल्याएको छ ।
यसअघि आचार्यलाई गोली प्रहार गरेको आरोपमा चितवनको भरतपुर, बेलचोकका २९ वर्षीय माधव चौधरी तथा गोली र पेस्तोलको व्यवस्थापन गर्ने नवलपरासी, गैंडाकोट ५ का ३२ वर्षीय लक्ष्मीराज अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो । चौधरी आचार्यकै अंगरक्षक हुन् । प्रहरी अनुसन्धानमा ती दुईबाट धर्मगुरु आचार्यकै निर्देशनमा गोली प्रहार भएको खुलेको थियो ।
‘हिन्दु राज्य कायम गर्न’ भएको आन्दोलन सार्थक नभएपछि हिन्दु धर्मावलम्बी र धर्मगुरुलाई निर्णायक आन्दोलन गर्न उक्साउनका लागि आचार्यले आफ्नै अंगरक्षकलाई स्वयंमाथि गोली प्रहार गर्न लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अरुणकुमार बीसीले बताए । ‘गोलीकाण्ड गराउनका लागि आचार्यले अधिकारीलाई हतियारको व्यवस्थापन गर्न लगाएर चौधरीलाई गोली हान्ने तालिमसमेत दिलाएका थिए,’ उनले भने, ‘घटना भएकै दिनदेखि शंका भए पनि २६ दिनपछि चौधरीलाई पक्राउ गर्दा यो रहस्य खुलेको हो ।’
चौधरी र अधिकारीलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि वैशाख २० गते जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको छ । उनले आचार्यलाई कुन मुद्दा लगाउने भन्नेबारे छलफल भइरहेको बताए । तीनैजना पक्राउ परे पनि गोली हान्न प्रयोग भएको पेस्तोल भने प्रहरीले बरामद गर्न सकेको छैन ।
बाराको सिमरा–३ घर भई सुनसरीको चक्रघट्टीस्थित लक्ष्मी बैंकटेशको आश्रममा बस्ने आचार्य विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा पुराण वाचनका लागि आएका थिए । चैत २५ गते बिहान पौने २ बजे शौच गर्न कोठाबाट निस्केका बेला भएको गोली प्रहारबाट उनी घाइते भएका थिए । न्युरो अस्पताल विराटनगरमा २१ दिनको उपचारपछि उनी काठमाडौं गएका थिए । पुराण आयोजक समितिकी अनिता ढकालले दिएको उजुरीका आधारमा मोरङ प्रहरीले छानबिन सुरु गरेको थियो ।
आचार्यमाथि गोली प्रहारको घटना भएपछि मुलुकमा धार्मिक तथा साम्प्रदायिक हिंसा भडकिने खतरा देखेपछि प्रहरी प्रधान कार्यालयको विशेष ब्युरो, १ नम्बर प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी इकाई कार्यालय धरान र जिल्ला प्रहरी मोरङले विशेष अनुसन्धान टोली गठन गरेर छानबिन थालेका थिए ।
आचार्यले ‘हातमा गोली हान्न भनेको तर गल्तीले छातीमा गोली लागेको’ प्रहरी नियन्त्रणमा रहेका चौधरीले बताए । ‘आचार्यले धर्म र देशका लागि केही गर्नुपर्छ भन्दै गोली हान्न लगाउनुभएको थियो,’ उनले पत्रकार सम्मेलनमा भने, ‘अधिकारीले धर्मगुरुलाई ल्याएर दिएको पेस्तोल उहाँले मलाई दिएर गोली हान्न लगाउनुभएको थियो ।’
गोली हानेपछि पनि ७/८ दिनसम्म चौधरी आचार्यसँगै बसेको एसपी बीसीले बताए । ‘घटनास्थलको प्रकृति हेर्दा आफूहरूलाई सुरुमा नै शंका लागेकाले चौधरी र आचार्यसँग भएका अन्य व्यक्तिहरूलाई निगरानीमा राखेका थियौं,’ एसपी बीसीले भने, ‘हरेक कुरा बुझदै जाँदा उनीहरूलाई नियन्त्रणमा लिन केही समय लाग्यो र तत्कालै पक्राउ गर्दा केही गडबड हुने सम्भावना थियो ।’ तत्काल आचार्यका मानिसलाई पक्राउ गर्दा हिन्दु धर्मावलम्बी र धर्मगुरुहरूले आन्दोलन चर्काउन सक्ने अवस्थालाई मत्थर पारेपछि मात्रै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
एसपी बीसीले घटनामा प्रयोग भएको पेस्तोल बरामद हुन नसकेको बताए । ‘उनीहरूले भनेको स्थानमा खोजी गर्दा फेला परेको छैन, खोजी जारी राखेका छौं,’ उनले भने, ‘पेस्तोल बरामद नभए पनि अनुसन्धानका अन्य पाटाहरू पनि भएकाले अपराधी उम्कने अवस्था छैन ।’
गोली प्रहारको घटना हुनुभन्दा दुई साताअघि पूर्वराजा ज्ञानेन्द्र शाह विराटनगरस्थित शक्तिपीठहरूमा पूजा गर्न आउँदा आचार्य श्रीनिवास उनीसँगै थिए । पूर्वराजा शाहले शक्तिपीठहरूमा पूजा गरेपछि आफ्ना निकटस्थ व्यक्तिहरूसँग विराटनगरस्थित हयारिसन प्यालेस होटलमा गोप्य छलफलसमेत गरेका थिए ।
छलफलमा पनि आचार्यको सहभागिता रहेको अन्य सहभागीले बताए । गोली प्रहारको घटना हुनुअघि लामो समयसम्म पूर्वराजा शाह झापामा बसेका थिए । राजासँगै आचार्य हुनु, उनकै निकटस्थ हुनु, राजाको लामो बसाइपछि आफैंले स्वयंमाथि गोली प्रहार गर्न लगाउनेलगायत घटना शंकास्पद भएको प्रहरी स्रोतले बतायो ।
प्रकाशित : वैशाख २४, २०७५ १५:४३
धनकुटा — धनकुटाको ऐतिहासिक छिन्ताङ हत्या काण्डमा मारिएका व्यक्तिलाई सरकारले पाँच महिनाअघि राष्ट्रिय सहिद घोषणा गरेपनि प्रभावित परिवारलाई हालसम्म कुनै सुविधा उपलब्ध गराइएको छैन । प्रभावित परिवारलाई सहिद घोषणा गरेकोबारे हालसम्म औपचारिक जानकारी समेत नगराएको भन्दै उनीहरुले भ्रम सृजना गराइएको गुनासो गरेका छन् ।


- OnePlus 11 5GRs. ?Exclusive Launch | Free Gift Available on Pre-Booking | Pre-Booking from 7th Feb
- Couple CushionRs. 5?0Valentine's Gift from Daraz | Easy Delivery | 14-Day Easy Returns
- Christian Dior Sauvage Eau De Toilette Spray for Men 100mlRs. 16?00Genuine Products | Daraz Celebrate Love Starts Feb 5 | Up to 60% Off


