चिडियाखाना हाल दिवा भ्रमणका लागि बिहान १० देखि बेलुका ४ बजेसम्म मात्रै खुल्ने चिडियाखाना प्रशासनले जनाएको छ ।
काठमाडौँ — ललितपुरमा रहेको सदर चिडियाखाना शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।
चिडियाखानाका पन्छीमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना गत ५ असारदेखि बन्द गरिएको थियो । संक्रमण नियन्त्रणका लागि बिरामी पन्छीहरूको उपचार, सरसफाइ तथा आवश्यक व्यवस्थापनका सम्पन्न भएपछि वातावरणीय नमुनाको परीक्षणमा एभियन इन्फ्लुएञ्जा (बर्डफ्लु) भाइरस नदेखिएकाले चिडियाखाना पुनःसञ्चालनमा ल्याइएको चिडियाखाना प्रशासनले जनाएको छ ।
चिडियाखाना हाल दिवा भ्रमणका लागि बिहान १० देखि बेलुका ४ बजेसम्म मात्रै खुल्ने चिडियाखाना प्रशासनले जनाएको छ । सदर चिडियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पन्छीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ ।
यसअघि संक्रमित खोरहरू रातो रिबनले घेरिएको छ । चिडियाखाना प्रशासनले ती क्षेत्रमा अनावश्यक रूपमा नबस्न र दूरी कायम गर्न अनुरोध गरेको छ ।
