कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवाहरु प्रहरीको नियन्त्रणमा 

डुबानमा परेको सुकुमवासीलाई राखिएको होल्डिङ सेन्टरमा पुगेका उनीहरुलाई प्रहरी वृत्त कीर्तिपुरको टोलीले नियन्त्रणमा लिएको हो ।

असार २७, २०८३

गौरव पोखरेल

Gen-Z leaders who reached the holding center in Kirtipur are in police custody

काठमाडौँ — कीर्तिपुरमा सुकुमवासीलाई राखिएको होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद अन्सारी, सरिष्मा थापालगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

डुबानमा परेको सुकुमवासीलाई राखिएको होल्डिङ सेन्टरमा पुगेका उनीहरुलाई प्रहरी वृत्त कीर्तिपुरको टोलीले नियन्त्रणमा लिएको हो । अन्सारीलाई प्रहरीले लछारपछार गर्दै नियन्त्रणमा लिएपछि उनले प्रहरीसँग पक्राउ पुर्जी मागेका थिए । तर, प्रहरीले विद्यार्थीले राजनीति गर्न हुँदैन भन्दै भ्यानमा हालेको थियो । 

नेपाल जेन-जी मुभमेन्ट अलायन्सका अमित खनालले सरकारले नागरिकको आवाज दबाउन राज्य शक्तिको दुरुपयोग गर्ने, प्रश्न उठाउनेलाई लाठीले जवाफ दिने र शान्तिपूर्ण रूपमा अनुगमन गर्न गएकामाथि हिंसा गर्ने प्रवृत्ति देखाएको बताए । 

'यो लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रत्यक्ष आक्रमण हो, प्रहरीको बर्बरता कुनै पनि हालतमा स्वीकार्य छैन,' उनले भने, 'जनताको सुरक्षाका लागि खटिएको निकाय आफैं नागरिकमाथि दमनमा उत्रिनु कानुनी शासन र मानवअधिकारमाथिको गम्भीर प्रहार हो ।'

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully