रातो पुलबाट धोबीखोलामा हाम फालेका व्यक्तिको खोजी जारी

प्रहरी रातो पुलबाटै खोज्दै थापाथलीस्थित धोबीखोला-बागमती दोभानसम्म आइपुगेको छ ।

असार २५, २०८३

कान्तिपुर संवाददाता

Search continues for the person who jumped into the Dhobikhola from Rato Pul

काठमाडौँ — काठमाडौंको रातो पुलबाट धोबी खोलामा हाम फालेका व्यक्तिको प्रहरीले खोजी सुरु गरेको छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता डीआईजी गोविन्द थपलियाले सूचना पाएलगत्तै खोजी कार्य सुरु गरिएको बताए । 

बिहीबार दिउँसो खोलामा अन्दाजी ३५ वर्षजस्तो देखिने एक जना हाम फालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै प्रहरी रातो पुलबाटै खोज्दै थापाथलीस्थित धोबीखोला-बागमती दोभानसम्म आइपुगेको छ । 

कान्तिपुर

Link copied successfully