रास्वपा भक्तपुर सभापतिमा रामेश्वर बस्नेत निर्विरोध चयन

शनिबार भएको रास्वपा भक्तपुरको प्रथम अधिवेशनबाट बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

जेष्ठ २३, २०८३

सुन्दर शिल्पकार

Rameshwor Basnet elected unopposed as RSVP Bhaktapur President

भक्तपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको सभापतिमा रामेश्वर बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार भएको रास्वपा भक्तपुरको प्रथम अधिवेशनबाट बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । उपसभापतिमा पनि स्मृति भट्टराई निर्विरोध निर्वाचित भइन् । तर, सचिव र सहसचिव पदमा निर्वाचन भएको थियो । सचिवमा राजेश शिल्पकारलाई पराजित गर्दै सञ्जीव प्रजापति निर्वाचित भए । सहसचिवमा रामकृष्ण देउजा निर्वाचित भएका छन् । उनले प्रल्हाद कार्कीलाई पराजित गरेर सहसचिव पदमा निर्वाचित भएको निवर्तमान जिल्ला सचिव रूकेश रन्जितले जानकारी दिए । सदस्यहरूमा रनोज थापा क्षेत्र १ बाट र राजु थापा क्षेत्र २ बाट निर्विरोध चयन भए भने कृष्णप्रसाद घिमिरे र रामकृष्ण खनाल निर्वाचित भएका हुन् । 

महिला सदस्यमा भने प्रेरणा देसार निर्वरोध चयन भएको निवर्तमान जिल्ला सचिव  रन्जितले बताए ।

सुन्दर

Link copied successfully