ट्राफिक प्रहरी प्रमुखमा एसएसपी काफ्ले

१८ जेठमा गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहको निर्णयअनुसार ट्राफिक प्रहरीमा शान्तिराज कोइरालाले जिम्मेवारी पाएका थिए । तर, उनको सरुवा मापदण्डविपरीत भएको भन्दै आलोचना भएपछि मन्त्रालयले सरुवा सच्याएको हो ।

जेष्ठ २२, २०८३

कान्तिपुर संवाददाता

SSP Kafle appointed as Traffic Police Chief

काठमाडौँ — गृह मन्त्रालयले तीन दिनअघि गरेको एसएसपी सरुवामध्ये उपत्यका ट्राफिक प्रहरी कार्यालयमा भएको सरुवा सच्याएको छ ।

१८ जेठमा गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहको निर्णयअनुसार ट्राफिक प्रहरीमा शान्तिराज कोइरालाले जिम्मेवारी पाएका थिए । तर, उनको सरुवा मापदण्डविपरीत भएको भन्दै आलोचना भएपछि मन्त्रालयले सरुवा सच्याएको हो ।

उनको ठाउँमा अहिले एसएसपी सुरेश काफ्लेलाई पठाइएको छ । यसअघि काठमाडौं प्रहरी प्रमुखमा एसएसपी दिलिप घिमिरे, ललितपुरमा एसएसपी तुलबहादुर कार्की, लागुऔषध नियन्त्रण ब्युरोमा सुवासचन्द्र बोहोराको सरुवा भएको थियो ।

मानवबेचबिखन अनुसन्धान ब्युरोमा नकुल पोखरेल सरुवा भएका थिए ।  

कान्तिपुर

Link copied successfully