ललितपुरले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा बजेट बढाउँछ : मेयर महर्जन

मेयर महर्जनले ललितपुर महानगरभित्रको चक्रपथमा ४ महिनाभित्र स्मार्ट लाइट जडानको काम सम्पन्न हुने समेत बताए ।

जेष्ठ १४, २०८३

कान्तिपुर संवाददाता

Lalitpur increases budget for education, health, and employment: Mayor Maharjan

काठमाडौँ — ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा बजेट वृद्धि गर्ने बताएका छन् । 

पूर्वाधार तथा सम्पदाको विकास तथा निर्माणको काम लगभग सकिएकाले अब ललितपुर महानगरपालिकाले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा लगानी बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने उनको भनाइ छ ।

बिहीबार ललितपुरमा आयोजित अंगदाता सम्मान कार्यक्रममा बोल्दै मेयर महर्जनले पछि आबद्ध हुन आएको खोकना, हरिसिद्धि, बुंगमती, र धापाखेलका वडाहरूमा मात्रै पूर्वाधार विकासको काम बाँकी रहेकाले महानगरपालिकाले अब सो क्षेत्रमा पनि अतिरिक्त बजेट व्यवस्थापन गर्नुपर्ने अवस्था नरहेको बताए 

‘बजेटमा हामीले अहिले ध्यान दिनुपर्ने भनेको शिक्षा, स्वास्थ्य र इम्प्लोइमेन्टमा हो । स्वास्थ्यमा पनि हामीले धेरै नै लगानी गर्दै आइरहेका छौँ,’ उनले भने । 

मेयर महर्जनले ललितपुर महानगरभित्रको चक्रपथमा ४ महिनाभित्र स्मार्ट लाइट जडानको काम सम्पन्न हुने समेत बताए । 

कान्तिपुर

Link copied successfully