भक्तपुरमा हुलाकमार्फत नागरिकका घरघरमै राहदानी

जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला हुलाक कार्यालयले घरघरमै राहदानी पुर्‍याउने सम्झौता गरेसँगै ‘जनताको घरदैलो सेवा’ सञ्चालनमा आएको हो ।

वैशाख २३, २०८३

सुन्दर शिल्पकार

Passports delivered to citizens' doorsteps through post in Bhaktapur

भक्तपुर — भक्तपुरमा जिल्ला हुलाक कार्यालयले सेवाग्राहीहरूको घरदैलोमै राहदानी (पासपोर्ट) पुर्‍याउन थालेको छ । 

जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला हुलाक कार्यालयले घरघरमै राहदानी पुर्‍याउने सम्झौता गरेसँगै ‘जनताको घरदैलो सेवा’ सञ्चालनमा आएको हो । अब पासपोर्ट लिने सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नेपाल सरकार मन्त्रिपरिषद्‍बाट स्वीकृत सरकारी सेवा सुधारसम्बन्धी कार्यक्रमअन्तर्गत ‘जनताको घरदैलो सेवा’ अवधारणा लागू गर्दै अब हुलाक कार्यालयबाट जनताको घरदैलोमै राहदानी पुर्‍याउने व्यवस्था गरिएको बताए ।

उनले राहदानी वितरणलाई सहज, छिटो र प्रविधिमैत्री बनाउन तथा सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयमै आउनुपर्ने बाध्यता अन्त्य गर्दै घरदैलो सेवा सञ्चालनमा ल्याएको बताए

जिल्ला हुलाक कार्यालय प्रमुख सीता साम्बाले सम्झौता कार्यान्वयनमा आइसकेको भन्दै बुधबारदेखि हुलाकको एक कर्मचारी जिल्ला प्रशासन कार्यालयमै बसेर फाराम भर्ने व्यवस्था गर्ने बताइन् । नियमानुसार यस सेवाका लागि लाग्ने हुलाक दस्तुरबापत ५५ रुपैयाँ शुल्क भने सेवाग्राहीले आफैं व्यहोर्नुपर्ने पर्ने छ ।

सुन्दर

Link copied successfully