विपद् प्राधिकरणको ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

विभागको टोलीले बुधबार गरेको अनुगमनका क्रममा म्याद गुज्रेको दही फेला परेपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिमको कसुर गरेका देखिएकाले उक्त जरिवाना गरिएको हो ।

वैशाख २३, २०८३

रासस

Expired yogurt in Disaster Authority's 'canteen', fined Rs. 205,000

काठमाडौँ — सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चमेना गृह (क्यान्टिन)मा म्याद गुज्रिएको दही फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख पाँच हजार जरिवाना गरेको छ ।

विभागको टोलीले बुधबार गरेको अनुगमनका क्रममा म्याद गुज्रेको दही फेला परेपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिमको कसुर गरेका देखिएकाले उक्त जरिवाना गरिएको हो ।

अनुगमन टोलीले उक्त दहीको उत्पादक श्रीकृष्ण डेरी फर्मलाई व्यवसाय दर्ता प्रमाणपत्र तथा उक्त दहीको बिक्री बिल लिई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ ।

रासस

Link copied successfully