मनोहरा सुकुमवासी बस्तीको विद्यालय सामुदायिक भवनबाट सञ्चालन

मध्यपुर थिमी नगरपालिकाको पहलमा उक्त विद्यालय नगरपालिकाको १ नम्वर वडामा रहेको लोकन्थलीस्थित सामुदायिक भवनमा सारेर निरन्तरता दिएको हो ।

वैशाख २२, २०८३

सुन्दर शिल्पकार

Manohara Sukumvasi Settlement's school operates from a community building

भक्तपुर — मनोहरा खोला किनारमा रहेको सुकुमवासी बस्ती खाली गराउने क्रममा भत्काइएको सरस्वती आधारभूत विद्यालय मध्यपुर थिमी नगरपालिका-१ स्थित सामुदायिक भवनबाट सञ्चालन आएको छ । 

विद्यालय भवन भत्काएपछि सुकुमवासी बस्तीभित्रका बालबालिका आफ्नो पढाईप्रति चिन्तित थिए । तर, मध्यपुर थिमी नगरपालिकाको पहलमा उक्त विद्यालय नगरपालिकाको १ नम्वर वडामा रहेको लोकन्थलीस्थित सामुदायिक भवनमा सारेर निरन्तरता दिएको हो । 

हिजो सोमबारबाटै पठनपाठन सुरु भए पनि सबै विद्यार्थी आइनसकेको प्रधानाध्यापक ईन्दिरा महतले बताइन् । गत वर्ष २७५ विद्यार्थी अध्ययरत विद्यालयमा यस वर्ष  १८० जना भर्ना भएको प्रधानाध्यापक महतको भनाइ छ । Manohara Sukumvasi Settlement's school operates from a community building

मध्यपुर थिमी नगरपालिकाले तत्कालको  लागि विद्यार्थीको पढाई नबिग्रियोस भनेर सामुदायिक भवनबाट पढाइलाई निरन्तरता दिएको नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए  । बस्ती नै नभएपछि भूमिहीन सुकुमवासीहरू मध्यपुर थिमीभित्र कोठा खोजेर बस्न थालेका छन् । लोकन्थलीसम्म आउने नसक्ने विद्यार्थी अन्य सामुदायिक विद्यालयमा समायोजन गर्ने नगरप्रमुख  श्रेष्ठको भनाइ छ ।

विद्यालय पुनर्स्थापनाका लागि जग्गा खोजी भइरहेको र  जग्गा प्राप्त हुने बितिकै टहरा निर्माण गरी सारिने योजना रहेको उनले बताए ।

तत्कालको लागि विद्यार्थीहरूलाई आवश्यक कपी कलमलगायत आवश्यक सामग्री नगरपालिकाले नै दिने व्यवस्था मिलाएको छ । विद्यालयले पनि विद्यार्थीहरूलाई मनोपरामर्श दिई पठनपाठन अगाडि बढाएको जनाएको छ ।

सुन्दर

Link copied successfully