घाइतेमध्ये ८ जना प्रहरी, ५ जना सशस्त्र प्रहरी र एक जना पत्रकार घाइते भएको एसपी सूर्यबहादुर खड्काले जानकारी दिए ।
काठमाडौँ — मनाेहरा सुकुमवासी बस्तीमा डाेजर प्रयाेग गरेर संरचना हटाउने क्रममा त्यहाँ बसोबास गर्नेहरुले प्रहरी र डोजरमाथि ढुंगा हानेर अवराेध गरेका छन् । त्यस क्रममा थिमि प्रहरी वृत प्रमुख डीएसपी नवराज ढुंगानासहित १४ प्रहरी घाइते भएका छन् ।
घाइतेमध्ये ८ जना प्रहरी, ५ जना सशस्त्र प्रहरी र एक जना पत्रकार घाइते भएको एसपी सूर्यबहादुर खड्काले जानकारी दिएका छन् ।
त्यहाँका अनधिकृत संरचना भाेलि बिहान ६ बजेदेखि पुन: हटाउनु सुरु हुने भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी खड्काले जानकारी दिए । केही पक्की घरहरू तथा टहराहरू डाेजरले भत्काइरहँदा अवराेध गरिएपछि डाेजरहरू फर्काइएकाे उनले बताए ।
केहीबेर अघि मात्रै विरोधमा उत्रिएकाहरुले सडकमा टायर समेत बालेका छन् ।
