मनाेहराको सुकुमवासी बस्ती हटाउने क्रममा ढुंगामुढा, डीएसपीसहित ४ जना घाइते

थिमि प्रहरी वृत प्रमुख डीएसपी नवराज ढुंगानासहित ४ जना प्रहरी घाइते भएका हुन् ।

वैशाख १२, २०८३

सुन्दर शिल्पकार

Four people, including a DSP, injured in landslide during eviction of squatter settlements in Manohara

भक्तपुर — मनाेहरा सुकुमवासी बस्तीमा डाेजर प्रयाेग गरेर संरचना हटाउने क्रममा त्यहाँ बसोबास गर्नेहरुले प्रहरी र डोजरमाथि ढुंगा हानेर अवराेध गरेका छन् । त्यस क्रममा थिमि प्रहरी वृत प्रमुख डीएसपी नवराज ढुंगानासहित ४ प्रहरी घाइते भएका छन् ।

त्यहाँका अनधिकृत संरचना भाेलि बिहान पुन: हटाउनु सुरु हुने भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी सूर्यबहादुर खड्काले जानकारी दिएका छन् । केही पक्की घरहरू तथा टहराहरू डाेजरले भत्काइरहँदा अवराेध गरिएपछि डाेजरहरू फर्काइएकाे एसपी खड्काले बताए ।

सुन्दर

Link copied successfully