थापाथली र गैरीगाउँको सुकुमवासी बस्तीमा संरचना भत्काएलगत्तै साँझदेखि कठमाडौं भक्तपुर सिमाना मनोहरा खोला आसपासका सुकुमवासी बस्तीमा डोजर चलाएर संरचना हटाउन थालेको हो ।
भक्तपुर — मनोहरा सुकुमवासी बस्तीमा पनि डोजरले अनधिकृत संरचना भत्काउन थालेको छ । थापाथली र गैरीगाउँको सुकुमवासी बस्तीमा संरचना भत्काएलगत्तै साँझदेखि कठमाडौं भक्तपुर सिमाना मनोहरा खोला आसपासका सुकुमवासी बस्तीमा डोजर चलाएर संरचना हटाउन थालेको हो ।
मनोहराका सुकुमवासी बस्तीमा हिजोदेखि आआफ्ना सामान सुरक्षित गरेका थिए । आज साँझसम्ममा लगभग सामान सारिसकेको प्रहरीले जनाएको छ । यहाँ ७ सय ७७ घरधुरी रहेको प्रहरीले जनाएको छ । यस क्षेत्रमा ४ हजारभन्दा बढी जनसंख्या बसोवास रहेको अनुमान गरिएको छ ।
