भक्तपुर र काठमाडौं सिमाना पर्ने मनोहरा खोला आसपासका बस्तीमा ७ सय ७७ घरधुरी सुकुमवासी छन् ।
भक्तपुर — सरकारले सुकुम्वासी बस्ती खाली गर्न दुई दिन अल्टिमेटम दिएपछि भक्तपुर मनोहरा बस्तीबाट पनि सामान सार्न थालिएको छ । प्रहरीको तथ्यांकअनुसार ५० भन्दा बढी परिवारले आफ्नो सामान सरिसकेका छन् ।
भक्तपुर र काठमाडौं सिमाना पर्ने मनोहरा खोला आसपासका बस्तीमा ७ सय ७७ घरधुरी सुकुमवासी छन् । वर्षौंदेखि बसोवास गर्दै आएका उनीहरुलाई वैकल्पिक व्यवस्थाबिना नै हटाउन लागिएका भन्दै तीव्र असन्तुष्टि जनाइको छ ।
मनोहराको सुकुमवासी बस्तीमा ४ हजारभन्दा बढी जनसंख्या रहेको अनुमान रहेको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी सूर्यबहादुर खड्काले बताए ।
उनीहरुले वास्तविक सुकुमवासीलाई व्यवस्थापन गर्नुपर्ने, रोजगारीको ग्यारेन्टी गर्नुपर्ने, छानबिन गरेर नक्कली सुकुमवासीहरुलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
