गृहमन्त्री र महिला तथा बालबालिकामन्त्रीले गरे भक्तपुरमा बालसुधार गृह निरीक्षण

मन्त्रीहरुले निरीक्षणका क्रममा गत माघ ८ गते भएको घटनाको विस्तृत जानकारी लिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

वैशाख ३, २०८३

सुन्दर शिल्पकार

Home Minister and Minister for Women and Children inspected a juvenile reform home in Bhaktapur

भक्तपुर — गृहमन्त्री सुधन गुरुङ र महिला तथा बालबालिकामन्त्री सीता बादीले भक्तपुरको सानो थिमीस्थित बालसुधार गृहको निरीक्षण गरेका छन् । 

दुवै मन्त्रीले बिहीबार बालसुधार गृह निरीक्षण गर्दै जानकारी लिएका हुन् । मन्त्रीहरुले निरीक्षणका क्रममा गत माघ ८ गते भएको घटनाको विस्तृत जानकारी लिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । बालसुधार गृहमा भएको तोडफोडपछि छानबिन समिति गठन गरी प्रतिवेदन तयार गरिए पनि कार्यान्वयन नभएको प्रति प्रशासनले गृहमन्त्री गुरुङसमक्ष गुनासो गरेको थियो । 

यस्तै महिला तथा बालबालिकामन्त्री बादीले बालसुधार गृहमा रहेका बालिकाहरुसँग सुधारगृहको विषयमा जानकारी लिएको थिमी प्रहरी वृत्तका प्रमुख डीएसपी नवराज ढुंगानाले बताए । माघ ८ गते बालसुधार गृहभित्र बालबिज्याइँकर्ताबीच झडप हुँदा सुधारगृहमा आगजनी र तोडफोड भएको थियो । उक्त घटनापछि सुधारगृहमा रहेका १ सय ६७ बाल बिज्याइँकर्तामध्ये ३० जना बालिकालाई मात्रै राखिएको छ । १३७ जनालाई उपत्यकाबाहिर सारिएको छ । 

भक्तपुरबाट वीरगन्जमा ३०, नुवाकोटमा ७६ र हेटौंडामा ३१ जना सारिएको भक्तपुरको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । सारिएकामध्ये ८४ जना १८ वर्षभन्दा माथिका थिए ।

सुन्दर

Link copied successfully