चैत मसान्तमा इन्द्रध्वजा सहितको लिंगो उठाउने र आज दिनभर भव्य मेला गरी साँझ लिंगो ढाल्ने चलन छ ।
काठमाडौँ — नयाँ वर्षसँगै भक्तपुर यतिबेला बिस्का जात्राको रौनकमा झुमिरहेको छ ।
परम्परागत रूपमा तान्त्रिक विधिअनुसार नयाँ वर्षको पहिलो दिन मनाइने बिस्का जात्रा सुरु भएको छ । भेलुखेलस्थित ल्यासिंखेलमा वर्षको अन्तिम दिन हिजो साँझ उठाइएको लिंगो हेर्न भक्तपुरका मात्रै नभई उपत्यकाका अन्य जिल्ला काठमाडौं, ललितपुर तथा काभ्रे लगायतका जिल्लाबाट हजारौँको घुइँचो लागेको छ ।
पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको, इन्द्रध्वजासहितको लिंगो जात्रा हेरे शत्रु नाश हुने सहकाल आउने जनविश्वास रहेको छ । चैत मसान्तमा इन्द्रध्वजा सहितको लिंगो उठाउने र आज दिनभर भव्य मेला गरी साँझ लिंगो ढाल्ने चलन छ ।
