ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ एकैदिन १०१ सवारी चालकमाथि कारबाही

उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको उक्त अभियानअन्तर्गत मादक पदार्थ (मापसे) सेवन तथा ट्राफिक नियम उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो ।

चैत्र २९, २०८२

रासस

Traffic police take action against 101 drivers in one day in 'surprise checking'

काठमाडौं — काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज एकैदिन १०१  सवारी चालकलाई कारबाही गरेको छ । उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको उक्त अभियानअन्तर्गत मादक पदार्थ (मापसे) सेवन तथा ट्राफिक नियम उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो । 

त्यसक्रममा मापसे गरी सवारीसाधन चलाउने ५ जना, रातो बत्ती उल्लंघन गर्ने २ र लेन अनुशासन पालना नगर्ने तथा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ९४ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 

उनले भने, 'मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य हो । यसले चालक स्वयं, यात्रु तथा सडक प्रयोगकर्ता सबैको ज्यान जोखिममा पार्दछ । सवारी चलाउँदा सावधानी अपनाऔं । अकालमै ज्यान जानबाट जोगिऔँ ।'

यदि चालकले मादकपदार्थ वा लागुपदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन पनि उनले आग्रह गरेका छन् । 

रासस

Link copied successfully