मध्यपुरमा गन्तव्य मध्यपुर सुरु 

नगरपालिकाभित्रका मूर्त तथा अमूर्त सम्पदा, भेषभूषा, परम्परागत पेशा, स्थानीय खाना र नगरक्षेत्रका विभिन्न जात्राहरुको विषयमा जानकारी दिने उद्देश्यले गन्तव्य मध्यपुर आयोजना गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।

चैत्र २८, २०८२

सुन्दर शिल्पकार

Destination Madhyapur begins in Madhyapur

काठमाडौँ — भक्तपुर मध्यपुर थिमी नगरपालिकाभित्र आन्तरिक र बाह्य पर्यटन प्रवर्धन गर्ने उद्देश्यले शनिबार गन्तव्य मध्यपुर शुभारम्भ गरिएको छ । 

नगरपालिकाभित्रका मूर्त तथा अमूर्त सम्पदा, भेषभूषा, परम्परागत पेशा, स्थानीय खाना र नगरक्षेत्रका विभिन्न जात्राहरुको विषयमा जानकारी दिने उद्देश्यले गन्तव्य मध्यपुर आयोजना गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए । उनले मध्यपुर थिमी नगरपालिकालाई पर्यटकीय गन्तव्य क्षेत्र बनाउने गरी नगरपालिकाले काम गरिरहेको पनि बताए । 

सम्पदा संरक्षण, जात्राहरु सम्वर्धन गरी यहाँका कला, संस्कृति बचाउन नगरपालिकाले योजनाबद्ध काम गरिहेको उनको भनाइ छ । 

Destination Madhyapur begins in Madhyapur

कार्यक्रम शुभारम्भ गर्दै बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले नगरक्षेत्रभित्र पर्यटन प्रवर्धन गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रममार्फत सहयोग गर्ने प्रतिबद्धता जनाए । मन्त्री श्रेष्ठले मध्यपुर थिमीको जिब्रो छेड्ने जात्राका लागि प्रदेश सरकारको मन्त्रिपरिषद्बाट निर्णय गरेर वार्षिक २ लाख बजेट विनियोजन गरिएको समेत बताए । 

आज शंखधर चोकदेखि बालकुमारी मन्दिरसम्म जाने उकालोमा विभिन्न हस्तकलाका पसलहरु समेत उद्घाटन गरिएको थियो । यस्तै भक्तपुर घरेलु तथा साना उद्योग संघको सहकार्यमा नगरपालिकाले दुई पोखरी परिसरमा घरेलु उत्पादन मेलासमेत संचालन गरेको छ । अभियानअन्तर्गत आजै दुई पोखरीमा दुई दिने स्थानीय रैथाने घरेलु उत्पादन मेला आयोजना गरिएको छ । मेलामा २८ वटा स्टलमा घरेलु उत्पादन, स्थानीय परिकारका प्रदर्शनी गरिएको छ । आज दुई पोखरी परिसरमै धिमेबाजा प्रतियोगितासमेत आयोजना गरिएको छ । 

भक्तपुर, काठमाडौं, ललितपुर, कीर्तिपुर र काभ्रेपलाञ्चोकका ३७ वटा धिमे समूह प्रतियोगितामा सहभागी रहेको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

सुन्दर

Link copied successfully