बिस्का जात्राभर भक्तपुरमा मादक पदर्थ निषेध

बिस्का जात्रा २७ चैतदेखि ५ वैशाखसम्म सञ्चालन हुनेछ । जात्रा ८ रात ९ दिन चल्नेछ ।

चैत्र २२, २०८२

सुन्दर शिल्पकार

Intoxicants prohibited in Bhaktapur during Biska Jatra

भक्तपुर — बिस्का जात्रा अवधिभर भक्तपुरमा मादक पदार्थ बिक्रीवितरण र ओसारपसामा रोक लगाइएको छ । जात्रालाई शान्तिपूर्ण बनाउन जिल्ला पशासन कार्यालयले यस्तो निर्णय गरेको हो । 

कार्यालयमा आज जात्रासँग सरोकार राख्ने निकायसँगको बैठकले जात्रा अवधिभर मादकपदार्थ बिक्रीवितरण तथा ओसारपसारमा रोक लगाउने निर्णय गरेको हो ।

बिस्का जात्रामा हुलदंगा तथा झैझगडा गरे जात्रा अवधि भर हिरासतमा राखेर मुद्दा चलाउने तथा विदेश जान नपाउने गरी प्रहरी रिपोर्टमा हुलदंगा गरेको रिकर्ड समावेश गर्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

जात्राका लागि आवश्यक सम्पूर्ण सामाग्री, शान्ति सुरक्षा, प्राथमिक उपचारदेखि एम्बुलेन्स तथा दमकल तयारी अवस्थामा राख्न समेत बैठकले निर्देशन दिएको छ । 

जात्रास्थल वरपर ३६ वटा सिसि क्यामेरा तथा ३ वटा ड्रोन क्यामेराले समेत निगरानी गरिने भक्तपुर प्रहरी प्रिसरका प्रमुख एसपी सूर्यबहादुर खड्काले बताए ।

बिस्का जात्रा २७ चैतदेखि ५ वैशाखसम्म सञ्चालन हुनेछ । जात्रा ८ रात ९ दिन चल्नेछ । जत्राका लागि ३ तल्ले भैरवनाथको रथ तयार हुँदैछ ।

सुन्दर

Link copied successfully