सेवा लिन आउने सेवाग्राहीलाई अनावश्यक हैरानी,सास्ती दिने र अवरोध खडा गर्नेहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ
काठमाडौँ — ललिपतुरको नापी कार्यालय र यातायात कार्यालयबाट ३२ जना बिचौलिया पक्राउ परेका छन् । लगनखेलस्थित नापी कार्यालय र एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयबाट ती बिचौलिया पक्राउ परेको जिल्ला प्रहरी परिसर, ललितपुरले जानकारी दिएको छ ।
परिसरका अनुसार ती व्यक्तिले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई अनावश्यक हैरानी,सास्ती दिने र अवरोध खडाका काम गरेका थिए । बिचौलिया नियन्त्रणका लागि जिल्ला प्रहरी परिसर तथा मातहत प्रहरी वृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलबाट प्रहरी टोली खटिएको थियो ।
नापी कार्यालबाट २१ र यातायात कार्यालयबाट ११ जना पक्राउ परेका हुन् । यसबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।
