भक्तपुर प्रहरीद्वारा ३ घण्टामा ६० जना पक्राउ

'स्विप अपरेसन' नाम दिएर प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती र प्रहरी वृत्त थिमीबाट शनिबार दिउँसो ३ बजेदेखि ६ बजेसम्ममा विभिन्न गतिविधिमा संलग्न रहेको आशंकामा ती व्यक्तिहरुलाई नियन्त्रणमा लिएको प्रहरी परिसर भक्तपुरमा प्रमुख एसपी सूर्यबहादुर खड्काले जानकारी दिए ।

चैत्र २१, २०८२

सुन्दर शिल्पकार

Bhaktapur police arrest 60 people in 3 hours

भक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले शनिबार तीन घण्टामा ६० जनालाई नियन्त्रणमा लिएको छ । 'स्विप अपरेसन' नाम दिएर प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती र प्रहरी वृत्त थिमीबाट शनिबार दिउँसो ३ बजेदेखि ६ बजेसम्ममा विभिन्न गतिविधिमा संलग्न रहेको आशंकामा ती व्यक्तिहरुलाई नियन्त्रणमा लिएको प्रहरी परिसर भक्तपुरमा प्रमुख एसपी सूर्यबहादुर खड्काले जानकारी दिए । उनका अनुसार गुण्डागर्दीमा संलग्न, लागुऔषध दुर्व्यसनीलगायत आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएको हो । 

उनीहरूलाई भक्तपुरका विभिन्न प्रहरी वृत्तमा राखिएको छ । आइतबार थप अनुसन्धान गरी आपराधिक रिपोर्ट परिक्षण गरी निर्दोष रहे रिहाई गर्ने र दोषी देखिए थप कारबाही अगाडि बढाइने एसपी खड्काको भनाइ छ । 

सुन्दर

Link copied successfully