काठमाडौं प्रहरी परिसर पुगे गृहमन्त्री गुरुङ 

भद्रकालीस्थित प्रहरी कार्यालय पुगेका उनलाई प्रहरीको काम, कारबाहीबारे एसएसपी रमेश थापाले जानकारी गराएका थिए । त्यसक्रममा गुरुङले स्वतन्त्र, पारदर्शी हिसाबले काम गर्न निर्देशन दिएका छन् ।

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

Home Minister Gurung reaches Kathmandu Police Complex

काठमाडौं — गृहमन्त्री सुधन गुरुङ जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका छन् । 

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले दिएको सिफारिसका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतबारे अनुसन्धान गरिरहेको उक्त प्रहरी कार्यालयमा उनी बुधबार पुगेका हुन् । 

भद्रकालीस्थित प्रहरी कार्यालय पुगेका उनलाई प्रहरीको काम, कारबाहीबारे एसएसपी रमेश थापाले जानकारी गराएका थिए । त्यसक्रममा गुरुङले स्वतन्त्र, पारदर्शी हिसाबले काम गर्न निर्देशन दिएका छन् । 

प्रहरी अधिकृतहरूले उनलाई जेन-जी आन्दोलनका क्रममा प्रहरीतर्फ भएको क्षतिबारे समेत जानकारी गराएका थिए । सुशीला कार्कीको नेतृत्वमा सरकार भएका बेला गुरुङले यही प्रहरी कार्यालयमा पुगेर ओली, लेखकलगायतलाई पक्राउ गर्न दबाब दिएका थिए । एकपटक पीडित परिवारका सदस्यहरू जाहेरी दिन जाँदा उनी पनि सँगै गएका थिए ।

कान्तिपुर

Link copied successfully