खाद्य प्रविधि विभागका प्राविधिक सहायक चौधरी ३० हजार घुस रकमसहित पक्राउ

अख्तियार कार्यालय टंगालबाट खटिएको टोलीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलमा कार्यरत प्राविधिक सहायक सन्जय चौधरीलाई सेवाग्राहीबाट लिएको ३० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

Technical Assistant of Food Technology Department Chaudhary arrested with bribe of Rs. 30,000

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल, अनुगमन तथा निरीक्षण शाखा काठमाडौंमा कार्यरत प्राविधिक सहायक सन्जय चौधरीलाई सेवाग्राहीबाट लिएको घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियार कार्यालय टंगालबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट लिएको ३० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो । अन्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'उद्योग नवीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरी दु:ख हैरानी दिएको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले चौधरीलाई सेवाग्राहीसँग ३० हजार घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र मोबाइल थान-२ सहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परिसरबाट मिति २०८२।१२।१६ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।'

कान्तिपुर

Link copied successfully