जग्गा किनबेचको बहानामा १४ लाख ठगी, एक पक्राउ

सिन्धुली हरिहरपुर गाउँपालिका–७ घर भएका ३८ वर्षीय धनवीर वाइबा (विजय मोक्तान)लाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो ।

चैत्र ११, २०८२

कान्तिपुर संवाददाता

One arrested for fraud of Rs. 1.4 million under the pretext of land purchase

काठमाडौं — जग्गा किनबेचको बहानामा १४ लाख ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । सिन्धुली हरिहरपुर गाउँपालिका–७ घर भएका ३८ वर्षीय धनवीर वाइबा (विजय मोक्तान)लाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ बस्ने ५६ वर्षीया देवी श्रेष्ठले मोक्तानले कोठामै आएर १४ लाख रुपैयाँ लुटेको भन्दै २०८२ फागुन ११ गते उजुरी दिएकी थिइन्। श्रेष्ठका अनुसार जग्गा किनबेचको बाहानामा वाइबा उनको कोठामा आएको क्रममा पैसा लुटेका थिए ।

उजुरीपछि गरिएको अनुसन्धानका क्रममा उनलाई मंगलबार काठमाडौंको टोखा नगरपालिका–९, शिवमन्दिरस्थित एक होटलबाट पक्राउ गरिएको हो । पक्राउका क्रममा मोक्तानको साथबाट सुन  ५४७.६९० ग्राम (२ थान), सुनको बिल १ थान, विभिन्न कम्पनीका ३ थान मोबाइल फोन र नबिल बैंकको १ थान चेक बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully