सामाजिक सञ्जालमा नाबालिकाको चरित्रहत्या गर्ने युवक पक्राउ

टेलिग्राममा पीडितको अन्तरंग तस्विर तथा भिडियो राखेको उजुरीको आधारमा साइबर ब्युरोबाट खटिएको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो ।

चैत्र १०, २०८२

कान्तिपुर संवाददाता

Youth arrested for defaming minor on social media

काठमाडौँ — सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । काभ्रे नमोबुद्ध नगरपालिका–८, दारीमबोट घर भई हाल काठमाडौं बस्ने २२ वर्षीय अशोक लामालाई प्रहरीले पक्राउ गरेको हो ।

टेलिग्राममा पीडितको अन्तरंग तस्विर तथा भिडियो राखेको उजुरीको आधारमा साइबर ब्युरोबाट खटिएको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो ।  

प्रहरीका अनुसार लामाविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिएरअनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी दीपकराज अवस्थीले जानकारी दिए । 

कान्तिपुर

Link copied successfully