काठमाडौं महानगरको सहयोगमा आज २८ हजार सिलिण्डर ग्यास बिक्री हुँदै

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार आयल निगमबाट आज ग्यास पठाएको डिपोहरूमा महानगरका नगर प्रहरीले बिक्रीमा सहयोग गरेको हो । महानगर आफैले बेचेको होइन् ।

चैत्र ३, २०८२

कान्तिपुर संवाददाता

28,000 cylinders of gas being sold today with the support of Kathmandu Metropolitan City

काठमाडौं — काठमाडौं महानगरपालिकाको सहयोगमा आज उपत्यकाका विभिन्न डिपोबाट ७ कम्पनीका २८ हजार ८४२ सिलिण्डर ग्यास बिक्री वितरण भइरेको छ ।

नेपाल आयल निगमले आज डिपोहरूलाई एभरेस्ट ग्यास ४ हजार २५ वटा, गौरीशंकर ग्यास ४ हजार २५ वटा, नेपाल ग्यास १० हजार ३० वटा, श्री ग्यास ४ हजार ४९८ वटा, सिद्धार्थ ग्यास १ हजार ७०८ वटा, सीताश्री ग्यास ३ हजार ४२२ वटा, सूर्य ग्यास २ हजार ६६१ वटा वितरण गरेको छ । तिनै सिलिण्डरलाई उपभोक्ताले सहजै पाउन भनेर महानगरले सहयोग गरेको हो ।

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार आयल निगमबाट आज ग्यास पठाएको डिपोहरूमा महानगरका नगर प्रहरीले बिक्रीमा सहयोग गरेको हो । महानगर आफैले बेचेको होइन् ।

कान्तिपुर

Link copied successfully