सशस्त्र प्रहरी कर्मचारीलाई 'आईजी एएफपी प्रशंसा' प्रदान

यो वर्ष देशैभरिबाट १ सय ५६ जनालाई प्रशंसा प्रदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

चैत्र २, २०८२

कान्तिपुर संवाददाता

Armed Police personnel awarded 'IG AFP Commendation'

काठमाडौँ — सशस्त्र प्रहरी बल नेपालको २५औँ वार्षिकोत्सव तथा रजत जयन्तीका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न दर्जा तथा तहका सशस्त्र प्रहरी कर्मचारीहरूलाई 'आईजी एएफपी प्रशंसा' प्रदान गरिएको छ।

संगठनको लक्ष्य तथा उद्देश्य हासिल गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने कर्मचारीहरूलाई काठमाडौंमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो। यो वर्ष देशैभरिबाट जम्मा १सय ५६ जनालाई सो प्रशंसा प्रदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

गत माघमा छनौट गरेर सोमबार उक्त प्रशंसा प्रदान गरिएको छ । यसै अवसरमा भक्तपुर जिल्लामा गत भदौमा भएको प्रदर्शनका क्रममा उल्लेखनीय भूमिका निर्वाह गर्ने सशस्त्र प्रहरी निरीक्षक दर्शन बस्नेत पनि सम्मानित भएका छन्।

उनले २०८२ साल भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले भक्तपुरस्थित सशस्त्र प्रहरी गणमा तोडफोड गर्दै आगजनी गर्ने प्रयास गरेका थिए।

सो संवेदनशील परिस्थितिमा निरीक्षक बस्नेतले न्यूनतम बल प्रयोगको सिद्धान्तअनुरूप उत्तेजित भीडलाई संयमित रूपमा सम्झाइ–बुझाइ गर्दै हिंसात्मक गतिविधि नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा पाएका थिए ।

सशस्त्र प्रहरी निरीक्षक बस्नेत हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा बेस, गौचरन, काठमाडौंमा कार्यरत छन्।

कान्तिपुर

Link copied successfully