जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-४ घर भई बौद्ध बस्ने ३७ वर्षीय कुलध्वज लामा र तेमाल गाउँपालिका-८ का ३७ वर्षीय राकेश लामा पक्राउ परेका हुन् ।
काठमाडौँ — बौद्धस्थित हायत होटल तोडफोड, प्राईड क्यासिनो लुटपाट र आगजनीमा संलग्न २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-४ घर भई बौद्ध बस्ने ३७ वर्षीय कुलध्वज लामा र तेमाल गाउँपालिका-८ का ३७ वर्षीय राकेश लामा पक्राउ परेका हुन् । शनिबार पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ मा हायत होटल तोडफोड, प्राईड क्यासिनो लुटपाट र आगजनीको आरोप उनीहरुमाथि छ ।
कुलध्वजविरुद्ध यसअघिसमेत विभिन्न मितिमा सार्वजनिक अपराध र ज्यान मार्ने उद्योगमा ५ वटा मुद्दा दर्ता भएको र राकेशविरुद्ध केही सार्वजनिक अपराध, अपहरण तथा शरीर बन्धक र अभद्र व्यवहार कसूरमा ७ वटा मुद्दा दर्ता भएको देखिएको समेत प्रहरीले जनाएको छ ।
