जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार पीडितहरूबाट परेको जाहेरीका आधारमा अनुचित लेनदेनसम्बन्धी कसुरमा अनुसन्धान गर्दै जाने क्रममा तिवारीलाई पक्राउ गरिएको हो ।
काठमाडौँ — नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) की शान्ति तिवारीलाई मिटरब्याज (अनुचित लेनदेन) प्रकरणमा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार पीडितहरूबाट परेको जाहेरीका आधारमा अनुचित लेनदेनसम्बन्धी कसुरमा अनुसन्धान गर्दै जाने क्रममा तिवारीलाई पक्राउ गरिएको हो ।
प्रहरीले पीडितहरूबाट अनुचित ब्याजदरमा ऋण लगानी गरी आर्थिक शोषण गरेको आरोपमा उजुरी परेपछि अनुसन्धान अघि बढाएको जनाएको छ । सोही अनुसन्धानका क्रममा तिवारीलाई नियन्त्रणमा लिइएको हो ।
उनीमाथि अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।