काठमाडौंमा खटिएका ३ हजार ८ सय ५४ जना निर्वाचन प्रहरीलाई जिल्लाका १४ वटा प्रहरी वृत्तबाट छुट्टाछुट्टै कार्यक्रम गरी बिदाइ गरिएको हो ।
काठमाडौँ — हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंमा खटिएका नेपाल प्रहरीअन्तर्गतका निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बिदाइ गरेको छ ।
काठमाडौंमा खटिएका ३ हजार ८ सय ५४ जना निर्वाचन प्रहरीलाई जिल्लाका १४ वटा प्रहरी वृत्तबाट छुट्टाछुट्टै कार्यक्रम गरी बिदाइ गरिएको हो ।
बिदाइ कार्यक्रममा उनीहरूलाई प्रशंसापत्र प्रदान गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले निर्वाचन अवधिमा गरेको कार्यको प्रशंसा गरे । उनले निर्वाचनका बेला मात्र होइन, आगामी दिनमा पनि अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा सहयोग मिल्ने अपेक्षा राखेको बताए ।
यसअघि ‘म्यादी प्रहरी’ भनेर चिनिने उक्त समूहलाई यसपटक ‘निर्वाचन प्रहरी’ नाम दिइएको थियो ।